माछा, मासु तथा मिक्स अचार बनाउने चार दिने तालिमका सहभागीलाई प्रमाणपत्र वितरण
माछा, मासु तथा मिक्स अचार बनाउने चार दिने तालिमका सहभागीलाई आज प्रमाणपत्र वितरण गर्दै ललितपुर महानगरपालिका १४ नं. वडाका वडाअध्यक्ष अमृत जंग महत। वडा नं. १४ को आ.व. २०८१-०८२ को कार्यक्रम अन्तर्गत वडा स्तरीय महिला सञ्जालले उक्त तालिम कार्यक्रम आयोजना गरेको हो । प्रशिक्षक सानु शाक्यले तालिमका सहभागीलाई चार दिनसम्म प्रशिक्षण दिनु भएको हो । वडाअध्यक्ष महतले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भई व्यवसायिक बन्न सुझाव दिनु भएको छ । कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुले तयार पारेका अचार प्रमुख अतिथि, अतिथि तथा सहभागीलाई मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।